आयो तीज हर्षउल्लास बोकी
हुने खानेका निम्ति
चोट नपुर्याउ दाजुभाइ
माइती नहुनेको निम्ति
कसैको घरमा चुलो बल्दैन
कसैको घरमा दर
सबै चेली माइत जान्छिन
छैन कसैको माइती घर

धनीको लागि रमाइलो होला
खैत गरीवको लागि तीज
रातो सारी अनेक गहना
सुनको चुरा साथमा बीच
कसैको घरमा रूवा वासी
कसैको आगनमा नाच
कसैलाई पर्यो रमाइलो
कसैलाई पर्यो साँझ
धनीको अगाडि हुन्छ गरीवको
ज्यादै ठुलो अपमान
मध्यस्थर ब्यवहार गरी
कसले राख्ने समान
समनात कहिले हुँदैन
धनी र गरीवको वीच
आकास र धर्ती बीचको
फरक पर्दै आयो हाम्रो तीज
सुमन राेकाया,जुम्ला





