नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





