जुम्ला। मुगुबाट जुम्ला तर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार क १ ज ००५४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाका बेला जीपमा चालक सहित १६ जना सवार थिए ।

दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो । घाइतेहरूलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स मार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी र किन भयो भन्नेबारे यकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।





