जुम्ला । कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । कालिकाेट शुभकालिका गाउँपालिकाका वडा नं १ स्थित गगने खाेलामा आएकाे पहिराेले बुधबार विहानैदेखि कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्व भएकाे हाे ।

अविरल वर्षापछि आएकाे पहिराेले राजमार्ग अबरद्व भएकाे हाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ।
पहिराे पन्छाउने कार्य भईरहेकाले १/२ घण्टामै अबरुद्व खुल्ने सडक डिभिजन जुम्लाले जनाएकाे छ ।





