जुम्ला । नेकपा (एमाले) केन्द्रीय कमिटीको अपानी १३ को निर्देशन अनुसार आज देश भर वडा सभा सप्पन्न भएका छन । नेकपा (एमाले) जुम्लाले पनि आज जिल्लाका सबै ६० वटै वडामा एकै साथ जनभेला सम्पन्न गरेको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रेम बुढाले जनाएका छन ।प्रत्येक वडामा आयोजित भेलामा पार्टीका नेता, कार्यकर्ता र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जनभेलाहरूको क्रममा गाउँ कमिटीहरूको उपस्थितिमा आयोजित विशेष छलफलमा हाल विकसित भइरहेको राष्ट्रिय राजनीतिक परिस्थिति र आगामी राजनीतिक दिशा सम्बन्धी विषयमा गहन विचार–विमर्श गरिएको पार्टी सचिब मान बहादुर रोकायाले बताएका छन ।
एमालेले विकसित राजनीतिक घटनाक्रमका बीच आफ्नो संगठनलाई थप सुदृढ बनाउन तथा जनता समक्ष पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न यी भेलालाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको छ ।
यसै क्रममा पार्टीले आगामी २५ गते पालिका भेला र २९ गते जिल्ला जनसभा आयोजना गर्ने तयारी गरेको छ । यी कार्यक्रमहरू मार्फत एमालेले संगठनात्मक शक्ति प्रदर्शन गर्ने, पछिल्लो राजनीतिक अवस्थाबारे जनतालाई जानकारी गराउने र देशभर फैलिएर आएको राजनीतिक अस्थिरता माथि जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज रतन नाथ योगिले बताएका छन ।
जुम्लामा वडामा सम्पन्न जनभेलाले एमालेलाई आगामी राजनीतिक यात्रामा जनस्तरमा थप बलियो उपस्थितिको संकेत दिएको छ ।





