राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार पूर्वमन्त्री जनार्दन शर्माले अघि सारेको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा सहभागी हुने भएका छन ।

शर्माको अभियानमा जोडिनकै उद्देश्यले उनले रास्वपा छोडेको स्रोतले जनाएको छ । आन्तरिक कलह बढ्दै गएपछि पार्टीसँग आफ्नो मार्ग नमेलिएको उल्लेख गर्दै परियारले आजै पार्टी त्यागेका हुन ।
प्रतिनिधिसभामा रास्वपातर्फ प्रमुख सचेतक रहेका परियार पार्टी संरचनामा सचिवालय सदस्यको भूमिकामा पनि थिए । पार्टीभित्र देखा परेका विवाद र असन्तुष्टिका कारण उनले नयाँ राजनीतिक यात्रा सुरु गर्ने निर्णय गरेका हुन ।





