जुम्ला । नेपाली कम्युनिष्ट पार्टीले देशभर सञ्चालन गर्न लागेको एकता सन्देश सभा अभियान सँगै जुम्लामा पनि यसको स्पष्ट तालिका र तयारी सार्वजनिक गरिएको छ।

सोमबार खलङ्गा बजार जुम्लामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध आयोजक कमिटीको बैठकले जिल्ला भर एकता सन्देश भेला सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेकप एकीकृत समाजबादी जुम्लाका पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका आयोजक कमिटी सदस्य राज बहादुर खत्रीका अनुसार, आठवटै स्थानीय तहमा तोकिएको मिति भित्र भेला सम्पन्न गरी पार्टी एकताको सन्देश जनस्तरसम्म पुर्याइने बताए ।
यसैक्रममा मंसिर ५ गते सदरमुकाम खलङ्गामा हुने मुख्य जिल्ला स्तरीय एकता सन्देश सभा उद्योग वाणिज्य संघको हलमा आयोजना गरिने भएको छ। केन्द्रकाे निर्देशन अनुसार मंसिर भित्रै सबै पालिकामा कार्यक्रम सम्पन्न गरिने पार्टीले जनाएको छ।
एकता सन्देश भेला पार्टी पुनर्गठन र जनस्तरमा सन्देश पुर्याउने महत्वपूर्ण अभियान भएकाले सबै सक्रिय कार्यकर्तालाई सहभागिताका लागि आह्वान गरिएकाे आयोजक कमिटी सदस्य खत्रीले जानकारी दिए ।
जुम्ला जिल्लामा एकता सन्देश सभाको कार्यक्रम तालिका यस्तो छ
जिल्लास्तरीय भेला
मंसिर ५ गते ११ बजे
स्थान : उद्योग वाणिज्य संघको हल, खलङ्ग
पालिकास्तरीय भेला :
कनकासुन्दरी गाउँपालिकाकाे पालिका केन्द्रमा , मंसिर ७ गते ११ बजे पालिका केन्द्र
सिंजा गाउँपालिका पालिका केन्द्रमा मंसिर ८ गते ११ बजे
हिमा गाउँपालिकाकाे पालिका केन्द्रमा मंसिर ९ गते ११ बजे
तिला गाउँपालिकामा पालिका केन्द्रमा मंसिर १० गते ११ बजे
तातोपानी गाउँपालिकाकाे पालिका केन्द्रमा मंसिर ११ गते ११ बजे
चन्दननाथ नगरपालिकाकाे पालिका केन्द्रमा मंसिर १२ गते ११ बजे
गुठीचौर गाउँपालिकाकाे पालिका केन्द्रमा मंसिर १३ गते ११ बजे
पातारासी गाउँपालिकाकाे पालिका केन्द्रमा मंसिर १४ गते ११ बजे
वडास्तरीय भेला :
मंसिर १५ गते ११ बजे जुम्लाका सबै वडाका वडाकेन्द्रहरूमा एक साथ भेलाकाे कार्यक्रम गरिने पार्टीले जनाएको छ ।
जुम्लामा एकता अभियानले स्थानीय तहदेखि वडासम्म संगठन विस्तार र जनसंपर्क सुदृढीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।





