काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले भदौ २३ पछि उत्पन्न राजनीतिक परिस्थितिले नयाँ मार्गदर्शन आवश्यक भएको बताएका छन् ।

विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउन आग्रह
उम्मेदवारी घोषणा वक्तव्यमा पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी भूमिकामा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिए। पार्टीप्रतिको उनको योगदान, अनुभव र ऊर्जा संगठनलाई सुदृढ बनाउन उपयोगी हुने उनले बताए ।
सदस्यताबाट वञ्चित गरिनु पार्टीका लागि हानिकारक
पोखरेलका अनुसार विचार र सिद्धान्तप्रति प्रतिबद्ध भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिनुले पार्टीको वैचारिक तथा सांगठनिक बलमा असर परेको छ। उनले भण्डारीलाई पार्टी गतिविधिमा फर्काउने प्रक्रिया अघि बढाइने बताएका छन् ।





