काठमाडौँ । आज राजधानी काठमाडौँमा सम्पन्न प्रगतिशील बुद्धिजीवीहरुको भेलाले नेपाल प्रगतिशील बुद्धिजीवी संघको केन्द्रिय तदर्थ समिति गठन गरेको छ । नेपालको समसामयिक राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनमा देखिएका चुनौतीहरू तथा आगामी रणनीतिहरूबारे व्यापक छलफल भएको उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीका संयोजक क. लोकनारायण सुबेदी विशेष अतिथि र क. महादीप पोखरेलको अध्यक्षता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै संयोजक सुबेदीले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा उकास्नु आवश्यक रहेको बताउनुभयो। उहाँले बिचलनकारी प्रवृत्तिबाट आन्दोलनलाई मुक्त गर्दै निष्ठावान् क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुवीकरण र एकीकरण आजको कडाइको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादविरुद्ध एकताबद्ध भएर अग्रगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलामा बुद्धिजीवी कमरेडहरू महादीप पोखरेल, भूमि देवकोटा, पुष्पराज गौतम, निरेन्द्र कुँवर, सुशील भट्टराई ‘निर्ग’, नविन, प्रेमबहादुर थापा, बासुदेव नाथ, महेश पौडेल, खेम पौडेल, प्रेम खनाल लगायतले मन्तव्य दिएका थिए। वक्ताहरुले कम्युनिष्ट आन्दोलनभित्र देखिएका बिचलन, विकृति र विसंगतिहरू विरुद्ध उच्च सतर्कता आवश्यक रहेको बताउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आन्दोलनलाई जन राष्ट्रहितमा सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
केन्द्रिय तदर्थ समिति गठन
भेलाले गठन गरेको केन्द्रिय तदर्थ समिति यसप्रकार छः
- संयोजकः क. महादीप पोखरेल
- सदस्यहरूः
- क. प्रेमबहादुर थापा
- क. सुशील भट्टराई
- क. बासुदेव नाथ
- क. महेश पौडेल
- क. भगीरथ घिमिरे
- क. तेजबहादुर बिक
- क. खेम पौडेल
- क. डा. मिश्रीलाल मण्डल
सल्लाहकार समितिः
- क. बद्रीनाथ अधिकारी
- क. निरेन्द्र कुँवर
- प्रेम खनाल
भेलाले आवश्यकता अनुसार थप प्रगतिशील बुद्धिजीवीहरूलाई समितिमा समावेश गर्ने निर्णय पनि गरेको छ ।
भेलाले नेपाल कम्युनिष्ट पार्टी किसान संगठनको राष्ट्रिय अभियान तथा पौष ११ गते हुने १३२औँ माओ जयन्तीको सन्दर्भमा आगामी मंसिर २७ गते ‘नेपाली किसानका समस्या र समाधान’ विषयक बुद्धिजीवी गोष्ठी आयोजना गर्ने निर्णय समेत गरेको छ ।





