जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ज्ञानेन्द्र शाहीलाई प्रत्यक्ष तर्फ एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
राप्रपा जिल्ला कार्यसमिति जुम्लाले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई पठाएको औपचारिक पत्रमार्फत प्रत्यक्ष तथा समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नाम सिफारिस गरेको हो। पत्रमा पार्टीको नीति, सिद्धान्त र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै उम्मेदवार छनोट गरिएको उल्लेख गरिएको छ।
समानुपातिकतर्फ पुरुष कोटामा सिफारिस
समानुपातिक प्रणालीअन्तर्गत पुरुष कोटाबाट
रमानन्द न्यौपाने, विर्ख बहादुर कठायत, पूर्णसिंह कठायत, गंगाप्रसाद उपाध्याय, बिन बुढा, जयन्त महत, अनिल थापा र अश्विन सेजुवाल सिफारिसमा परेका छन्।
महिला कोटाबाट तीन उम्मेदवार
महिला कोटाबाट
पञ्चकली बुढा, बसन्ता कुमारी शाही र जानदेबि शर्मा लाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
दलित कोटामा समावेशी प्रतिनिधित्व
दलित कोटाबाट
बल बहादुर बस्याल, विपुना नेपाली र महालक्ष्मि विटालु सिफारिस भएका छन्।
राप्रपा जिल्ला कार्यसमिति जुम्लाका काबा अध्यक्ष देविकृष्ण न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा समावेशीता, संगठनात्मक सन्तुलन र पार्टीको दीर्घकालीन राजनीतिक दृष्टिकोणलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको स्पष्ट पारिएको छ।
राप्रपाले जुम्लाबाट बलियो र एकीकृत चुनावी उपस्थितिको संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।






