काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची आइतबार देखि पेस गर्न सुरु गर्दै छन। निर्वाचन आयोगले पुस १३ र १४ गते कार्यालय समयभित्र बन्दसूची बुझाउन समयसीमा तोकेको छ ।

निर्वाचनमा सहभागी दलहरूले न्यूनतम ११ जनादेखि अधिकतम ११० जना सम्म उम्मेदवारको नाम समावेश गरी बन्दसूची पेस गर्नुपर्ने व्यवस्था छ । बन्दसूची बुझाउने प्रयोजनका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जनगणना २०७८ को प्रतिवेदनका आधारमा सरकारले समावेशी समूहहरूको प्रतिशत पुनरावलोकन गरे सँगै आयोगले उम्मेदवार सङ्ख्या र प्रतिनिधित्वको नयाँ मापदण्ड निर्धारण गरेको हो । सो अनुसार ११० जना उम्मेदवारको बन्दसूची पेस गर्ने दलले खस आर्य ३३, आदिवासी जनजाति ३२, मधेसी १६, दलित १३, थारु ७ र मुस्लिम समुदायबाट ९ जनाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ ।





