जुम्ला । नेपाल आज केवल सत्ता हस्तान्तरणको चरणमा छैन, लोकतन्त्रको नैतिक संकटको चरणमा प्रवेश गरिसकेको छ । जनताको निराशा गहिरिँदै गएको छ पुराना राजनीतिक दलहरू वैधताको प्रश्नमा छन र नयाँ भनिने शक्तिहरू पनि स्पष्ट वैचारिक आधार बिना अगाडि बढिरहेका छन ।

यही खालीपनमा सबैभन्दा बढी प्रयोगमा पारिएको शब्द हो जेन-जी । हालै जुम्लामा सार्वजनिक गरिएको जुम्ला समृद्ध अन्तरसंवाद कार्यक्रमले यही वास्तविकता लाई नांगो बनाइ दिएको छ ।
कार्यक्रम बारे गरेको प्रसार सामाग्री अनुसार यो कार्यक्रम प्रतिनिधि सभाका उम्मेदवारहरू सँगको अन्तरसंवाद हो । तर प्रश्न कार्यक्रमको औपचारिक उद्देश्यमा होइन यसको राजनीतिक प्रविधिमा हो ।
जुम्लामा सक्रिय, संगठित र सार्वजनिक पहिचान बनाइ सकेका जेन्जि समूहहरू सँग कुनै समन्वय परामर्श वा सहकार्य नगरी जेन–जी संवादको आवरणमा कार्यक्रम आयोजना गरिनु साधारण त्रुटि होइन ।
यो युवालाई विषय होइन वस्तु बनाउने राजनीतिक मानसिकताको उदाहरण हो । आज देशैभरी एउटा खतरनाक अभ्यास विस्तार हुँदैछ । युवालाई स्वतन्त्र राजनीतिक शक्ति होइन, नियन्त्रित सहभागिताको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने ।
युरोपियन युनियन, अमेरिकन काउन्सिल, विभिन्न अन्तर्राष्ट्रिय फाउन्डेसन र एनजीओ संरचनाको नाममा चलाइने परियोजना हरूले युवा समावेशिता र नयाँ सोचको भाषा प्रयोग गरेर पूर्व निर्धारित राजनीतिक एजेन्डा वैध बनाउने काम गर्दै आएका छन । समस्या सहयोगमा होइन निर्णय शक्ति युवा सँग नहुनुमा हो ।
जुम्लाको सन्दर्भमा उठ्ने प्रश्नहरू अझ गम्भीर छन । यदि यो अन्तर संवाद साँच्चै जेन्जि लक्षित हो भने किन जुम्लाका जेन्जिहरू स्वयं अनभिज्ञ रहे ? किन स्थानीय युवाका सवालहरू कार्यक्रमको मूल एजेन्डा बनेनन ?
किन केही सीमित पात्र मार्फत संवादको संरचना तय गरियो ?
यी प्रश्नहरूको उत्तर नदिई युवाको जोशको नारा लगाउनु राजनीतिक पाखण्ड हो । आजको जेन्जि पुस्ता केवल नाराले प्रभावित हुने पुस्ता होइन ।
यो पुस्ता सत्ता, फन्डिङ, एनजीओ र राजनीतिक पात्र बीचको सम्बन्ध चिर्न सक्ने चेतनशील पुस्ता हो । त्यसैले जेन्जिको नाम प्रयोग गरेर, जेन्जि बिना चलाइने कुनै पनि राजनीतिक अभ्यास माथि प्रश्न उठ्नु अनिवार्य छ ।
यो लेख कुनै उम्मेदवार, दल वा व्यक्तिमाथि लक्षित आरोप होइन । यो संरचनागत चेतावनी हो । यदि जेन्जिलाई केवल पोस्टर, फोटो र भीडमा सीमित गरियो भने नेपालको लोकतन्त्रले नयाँ पुस्ताको भरोसा गुमाउनेछ । जेन्जिको नाममा राजनीति बन्द हुनुपर्छ ।
जेन्जि सँग राजनीति हुनुपर्छ । नत्र आज जुम्लामा देखिएको यो अभ्यास भोलि देशै भरी दोहोरिनेछ । र ‘नयाँ नेपाजेन्जिको नाममा चल्दै गरेको राजनीति : जुम्लाबाट देखिएको खतरनाक संकेतल’ को सपना पनि पुरानै खेलको नयाँ संस्करण भएर समाप्त हुनेछ ।





