जुम्ला । जुम्लामा जिल्ला प्रशासन कार्यालयले यहीँ फागुन २१ गतेहुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर यहाँका आठवटै स्थानीय तहमा पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण वातारण,स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सार्वजनिक सुचना अनुसार फागुन १५ गतेदेखी निर्वाचनको अन्तिम मत परिमाण घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थहरु बिक्री वितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनको उक्त कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने प्रशासनले जनाएको छ ।





