मुगु । मुगुकाे कर्णाली नदिमा पाैडीखेल्ने क्रममा एक जना बालक बेपत्ता भएका छन् । मुगु जिल्लाकाे छायानाथ रारा नगरपालिका १३ रुगाका सुर्य नेपालीकाे ५ वर्षीय छोरा आयुष्मान नेपाली भुगाडे भन्ने स्थान नजिक कर्णाली नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परि बगेर बेपत्ता भएका हुन् ।

स्थानीय राजेश लावडले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गरे पश्चात तत्काल अस्थायी प्रहरी बिट बसपार्कबाट ४ बजे प्रहरी हवल्दार दिपक सिङ्गको कमाण्डमा १/४ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नं.४५ गुल्मबाट स.प्र.ना.नि.कमल जंग शाहको कमाण्डमा १/९ जनाको टोली सहित जम्मा १५ जनाको संयुक्त सुरक्षा टोली घटनास्थलतर्फ तत्काल खटिई खोज तलास कार्य भइरहेकाे छ ।
कर्णाली नदिमा बेपत्ता भएको बालककाे खाेजी कार्यकाे लागि जिल्ला प्रहरी कार्यालय गमगढिबाट प्र.ना.उ.रबिराज थपलियाकाे कमाण्डमा ९ जनाकाे टाेलि खटिएकाे जिल्ला प्रहरी कार्यालय मुगु गमगडीले जानकारी दिएको छ ।





