जुम्ला । लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भैरव माध्यमिक विद्यालय धुपिढुस्का प्रथम भएको छ।

नगरपालिका भित्रका विभिन्न विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा भैरव माध्यमिक विद्यालय धुपिढस्का प्रथम भएको हाे ।
प्रतियोगिता मार्फत विद्यार्थीहरूमा सामान्य ज्ञान, तार्किक क्षमता तथा सार्वजनिक सेवा सम्बन्धी जानकारी अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरे पछि विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूमा खुसी छाएको छ। विजेता टोलीलाई प्रमाणपत्र, मेडल , ट्रफि र कापी कलम पुरस्कार प्रदान गरिएको थियो।
लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।





