अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक अपराध र राष्ट्रविरोधी कार्य गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा।प्रेमराज सिलवाल र भेषराज लुईँटेलले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

संसद् छलेर ल्याइएको ‘आर्थिक कानुन ऐन, २०८३’ मा दलाल र तस्करहरुलाई फाइदा हुनेगरी आफूखुशी थपघट गरेर आर्थिक अपराध र राष्ट्रविरोधी कार्य गरेको रिट दायरकर्ताहरुको जिकिर छ । उनीहरुले अपराधमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
सो रिटको पेशी संवैधानिक इजलासमा आगामी २७ गतेका लागि तोकिएको छ ।





