काठमाडौँ | सरकार र आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिहरूबीच शुक्रबार राति ५ बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सरकारी वार्ता टोली र लघुवित्त पीडित सङ्घर्ष समितिका प्रतिनिधिहरूबीच लामो छलफलपछि सहमति जुटेको हो।

सहमति भएसँगै लघुवित्त पीडितहरूले काठमाडौँ केन्द्रित गर्दै आएका सम्पूर्ण आन्दोलन, धर्ना तथा आमरण अनशनका कार्यक्रमहरू तत्कालका लागि फिर्ता लिएका छन्।






