मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जितबहादुर मल्ल आफ्नो गृह जिल्ला मुगु पुगेर जिल्ला अस्पतालको प्रत्यक्ष अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री मल्लले जिल्ला अस्पतालभित्र रहेका विभिन्न सानातिना समस्या, स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा अस्पतालले भोगिरहेका चुनौतीबारे जानकारी लिनुभएको छ। साथै, अस्पतालभित्र देखिएका समस्यालाई सम्बोधन गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यसैगरी, मन्त्री मल्लले जिल्ला अस्पतालको अनुगमनसँगै आयोजित सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी समन्वय बैठक तथा अनुगमन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।






