जुम्ला । नेकपा एमाले पातारासी गाउँपालिका कमिटीकाे अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पालिका कमिटीको जेन्जी युवा राजेन्द्र एेडी लाइ सर्वसहमत चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।

पालिका कमिटीको अध्यक्षमा राजेन्द्र एेडी सहित अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जसमा उपाध्यक्ष ज्ञानु बिष्ट , सचिवमा सुक बहाद्र रावत, सहसचिवमा जाैकला नेपालि ,
सहसचिवमा गगन बिष्ट सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित नेतृत्वले पार्टीको संगठनलाई विस्तार, सुदृढीकरण, गतिशील र जनमुखी बनाउँदै पातारासी गाउँपालिकाको विकास, समृद्धि र जनताको सुखदुःखमा साथ दिने समेत विश्वास लिईएको छ । नेकपा एमालेकाे बारेमा गाउँ गाउँ बस्ती बस्ती पुगेर जानकारी गराउँदै सगठन निर्माण गर्ने नब निर्बािचत अध्यक्ष एेडीले घाेषणा गरेका छन ।





