भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
बिबीसी हिन्दीका अनुसार, मतदाता सूचीसम्बन्धी मुद्दामा विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनका लागि जाँदै गर्दा उनलाई प्रहरीले हिरासतमा लिएको हो।

प्रहरीका अनुसार, आयोगमा अधिकतम ३० जना मात्र सांसद प्रवेश गर्न पाउने व्यवस्था भए पनि त्यसभन्दा बढी सांसदहरू त्यहाँ पुग्ने भएपछि बाध्य भएर हिरासतमा लिनुपरेको दाबी गरिएको छ।
हालै लोकसभामा गान्धीले सरकारले निर्वाचनमा अनियमितता गरेको र त्यसमा निर्वाचन आयोगले सहयोग गरेको आरोप सार्वजनिक रूपमा लगाएका थिए।





