जुम्ला – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । बैठक जिल्ला संयोजक क. अनिल जंग महतको अध्यक्षतामा बसेको थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य क. विराज भण्डारी प्रमुख अतिथि रहनु भएको थियो भने नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क. रतन नाथ योगी विशेष अतिथि हुनुहुन्थ्यो । सो अवसरमा एमाले जिल्ला अध्यक्ष शान्ति लाल महत, प्रदेश सल्लाहकार गोरख पछाइ पार्टी सचिव मान बहादुर रोकाया लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

बैठकले विभिन्न संघ संगठन परित्याग गरी अनेरास्ववियुमा आवद्ध भएका ३३ जना नयाँ सदस्यलाई स्वागत गरेको छ । साथै, जिल्लामा अबस्थित गाउँ पालिकाहरुमा समेत संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले राख्दै पालिका इन्चार्जहरूको जिम्मेवारी समेत तोकेको जानकारी जिल्ला संयोजक अनिल महतले जानकार दिएका छन ।
तोकिएका पालिका इन्चार्जहरू:
• चन्दननाथ नगरपालिका – क. गोकर्ण डाँगी
• तातोपानी गाउँपालिका – क. पदम न्यौपाने
• तिला गाउँपालिका – क. सुजता रावत
• हिमा गाउँपालिका – क. निशा रोकाया
• सिंजा गाउँपालिका – क. भिजन वड
• कनका सुन्दरी गाउँपालिका – क. भिजन वड
• पातारासी गाउँपालिका – क. देवचन्द्र बुढा
• गोठीचौर गाउँपालिका – क. नवीन जैशी
बैठकले जिम्मेवारी पाएका सबै इन्चार्जहरूलाई सफल कार्यकालको शुभकामना पनि समेत व्यक्त गरेका छन ।





