जन्मिनु जगतमा एक सुन्दर प्रभात हो
अस्ताउनु जगतबाट एक सुन्ने रात हो

मारेर सपना म जिउँदो हुनुको कुनै अर्थ छैन
ढुङ्गो किन नहोस् जगतमा जन्मिएर बेर्थ छैन
भौतारी रहन्छन् फूलको खोजीमा सबै
म देख्छु बसन्तमा फुलेको फूल सबै
सुर बिना गएको गीतको कुनै अर्थ छैन
ढुङ्गो किन नहोस् जगतमा जन्मिएर बेर्थ छैन
युद्ध को मैदानमा हार्येर हैन थाकेर बसेको हु
एकै क्षेण थाकेर बस्नु त्यसमा कुनै अनर्थ हैन
लेखिनै पर्छ भन्ने छैन इतिहास सबको
जसरी आयो त्यसरी जानुको कुनै अर्थ छैन
जन्मिनु जगतमा एक सुन्दर प्रभात हो
अस्ताउनु जगतबाट एक सुन्ने रात हो
हारलाई पनी सहर्ष स्वीकार्छु म
जित्नु हार्नु सब ईश्वर को हात हो ।।





