२२औ राष्ट्र सेवक
कर्मचारी दिवस
शुभकामना मेरो
म छु हर्षले बिभोर

बिहान दश बजे देखि
पाच बजे सम्म कर्मचारी
नियमको पालाना गर्छ
ऊ राष्ट्रको व्रम्हाचारी
राष्ट्रका राष्ट्र सेवक
बन सधैं बफादारी
हे राष्ट्रका बलिया खम्बा
हौ हाम्रा कर्मचारी
इमानदारी बफादारीबाट
बनाऊ देश
विदेशी पोशाक हैन
लगाउँ अाफ्नो भेष
छ तिम्रै हातमा देशकै
सम्पूर्ण जिम्मेवारी
देश गरीव अाफू धनी
नगरू है गददारी
सबैले थुकेमा एउटा
बिशाल समुन्द्र बन्छ
सबैले सोसेमा एउटा
बिशाल समुन्द्र सुक्छ
भन्ने होइन हामीले राष्ट्रबाट
के लिन सक्छु म
भन्ने हो जन्मेर राष्ट्रलाई
के दिन सक्छु म
नेपाल देश तिम्रै हातमा
रिमोट घुमाउने
गर्ने छैनौं राष्ट्र सेवक
कालो धन कमाउने
सुमन राेकाया,जुम्ला





