जुम्ला । जुम्लामा संचालित अन्डर १४ फुटबल प्रतियोगितामा जुम्लाको निजि बिद्यालय जे आर कर्णाली बाेडिङ् स्कुल समूह चरणको दोस्रो खेल जित्दै फाइनल प्रवेश गरेको छ ।

जुम्लाको नेपाली सेनाकाे खेल मैदान टुडिखेलमा भएको खेलमा शंकर बहुउद्देश्यीय माध्यमिक बिद्यालय गुठिचाैर ३ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रबेश गरेकाे हाे ।
जे आर कर्णाली बाेडिङ्की कप्तान जर्सी नम्बर १० कि खेलाडीकाे अथाह मेहनत पछि फाइनल प्रबेश गरेकाे हाे ।
खेलमा दुबै टिमले कुनै पनि खेलाडी गाेल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।
पेनाल्टीमा शंकर बहुउद्देश्यीय माध्यमिक बिद्यालयकि छात्राले गाेल गर्न नसके पछि जित हात पारेकाे प्राधानाध्यापक अमरनाथ याेगीले जानकारी दिए । अब फाइनल खेल सरस्वती माध्यमिक बिद्यालय रिनि संग खेल्ने भएको छ ।





