जुम्ला । ३ – असोज संविधान दिवसको अवसरमा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीले नेपालको संविधान र राष्ट्रिय सार्वभौमसत्ता माथि ठूलो आक्रमण भएको दाबी गर्दै सबै नेपालीलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
पुर्व प्रधानमन्त्रीले ७० वर्ष लामो संघर्षपछि संविधानसभा बाट तयार भएको संविधान लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकारको प्रतीक भएको उल्लेख गर्दै ।

“नाकाबन्दी र विभिन्न चुनौती पार गर्दै नेपाली जनताले आफैंले लेखेको भविष्यरेखा यही संविधान हो ।” पुर्व प्रधानमन्त्रीको भनाइ रहेको छ ।
उनले अघिल्लो साता जेन-जीको शान्तिपूर्ण भनिएको प्रदर्शनमा “षड्यन्त्रकारी घुसपैठ” भएको आरोप लगाउँदै हिंसात्मक घटनामा युवाको ज्यान गएको प्रति दुःख व्यक्त गरे । “सरकारले गोली चलाउने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोगबारे छानबिन हुनुपर्छ ” उनले भनेका छन ।
प्रधानमन्त्रीका अनुसार हालै सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय तथा नेताकार्यकर्ताका घरमा आगजनी र तोडफोड भएको छ । उनले यी घटनापछि देशको सार्वभौमसत्तामाथि गम्भीर प्रहार भएको बताए ।
इतिहासको उदाहरण दिँदै उनले काजी भीम मल्लको मृत्युदण्ड सम्झिँदै असन्तोषको परिणाम प्रति सावधान रहन आग्रह गरे । “देशलाई बनाउने काम चलिरहेका बेला बाहिरी प्रभावमा आक्रोश बढाउनु पछुतो मात्र हुनेछ । ” पुर्व प्रधानमन्त्री ओलिको भनाइ थियो ।
“सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । सबै पुस्ताका नेपाली एकताबद्ध भएर संविधान जोगाउन र देशको रक्षा गर्नुपर्छ । ” पुर्व प्रधानमन्त्री ओलिले सामाजिक संजाल मार्फत व्यक्त गरेका छन ।





