अव यो वर्षको पितृ श्राद्द सकिएको छ । हामी आर्य समाजमा गृहस्थ जिवनमा गरिने पाँचवटा कार्यहरु मध्ये देव पुजा ,पितृ पुजा ,भुत पुजा अर्थात वलि दिनु अथिती पुजा अर्थात पाहुनाको सत्कार र अध्ययन गर्नु मुख्य कार्य मानिन्छ । जव गृहस्थ जिवनमा यी पाँच कार्य गरिदैन त्यो जिवन मृत्यु समान हुन्छ भन्ने मान्यता रहन्छ ।
आर्य समाजको मुल उत्पत्ति स्थल भनेको ध्रुव देश अर्थात सुमेरु पर्वत मानसरोवर र त्यसको सेरोफेरो हो । सर्वप्रथम त ध्रुव देश आर्यहरुका देवता र पितृहरुको देश हो । ध्रुव देशलाइ देवताहरु र पितृहरुले दुइ भाग लगाएका थिए । जस्लाई
१ उत्तरापथ जहाँ देवताहरुको भाग मानिन्छ ।
२ दक्षिणापथ जस्लाइ पितृको भाग मानिन्छ ।
गुरु शंकराचार्यको उदय हुनु भन्दा पहिला मुल चार धामहरु मध्ये वद्रि धाम, छायानाथ, मुक्तिनाथ र पशुपतिनाथमा देव पुजा र पितृ पुजा गर्ने गरिन्थ्यो भने गुरु शंकराचार्यको जिवन पछि मुख्य धाम भारतमा पारिएका हुन् । तर पनि आर्य समाजले तीन पुरी विष्णुका र तीन पुरी शिवका गरी , छ पुरीमा देव पुजा र पितृ पुजा गर्ने परम्परा बन्न गयो ।
विष्णुका पुरीहरु मध्ये यी रहेका छन् ।
१ अयोध्या २ मथुरा ३ द्वारका हुन भने शिवका पुरीहरुमा १काशी २ उज्यीनी ३ माया तथा कान्जिका हुन पछिल्लो काल खण्डमा गया बौद्द मार्गको लागि सुरु भयो। यी ठाउँमा देव पुजा संगै पितृ पुजा गर्ने परम्परा रहेको छ।

को हुन पितृ ?
आर्य समाजका मुल पुर्खाहरु १ मरिचि २ अत्रि ३अङ्गिरा ४ पुल्शय५५ पुलह ६ क्रतु ७ प्रचेतस ८ वशिष्ठ ९ भृगु र १० नारद हुन । यी १० मुल पुर्खा वाट ८ वटा पितृको जन्म भएको हो ।
त्यी ८ वटा पितृ गणहरुमा १ हवियन्त २ आज्याय ३ शुकलिन ४ अग्निदम्ध ५ काव्य६ वर्हियद ७ अग्निव्वाल ८ सौम्य गरी जम्मा आठ वटा पितृ गण रहेका छन्
यी पितृ गण वाट देवताहरु मानव जातिको उत्पत्ति भएको मानिन्छ । पितृ गण आठ वटा भए जस्तै देव गण पनि आठ वटा नै रहेका छन त्यी हुन १ मित्र २ वरुण ३ घाता ४ अर्थ्यमा ५ अंश ६ भग ७ इन्द्र र ८ विश्वना त्यसैले के भन्न सकिन्छ भने देव गण भन्दा पितृ गण ठुला हुन । देव गण भन्दा पितृ गणको पुजा हुनु जरुरी हुन्छ।
देव गणहरुको हव्य हुन्छ अर्थात् होम हुन्छ भने पितृ गणहरुको कव्य हुन्छ अर्थात् तर्पण हुन्छ । पितृ पुजा चाँदीको महत्व हुन्छ भने देव पुजामा सुनको महत्व हुन्छ । देव पुजा र पितृ पुजा गर्न सौर्य वर्ष भन्दा चन्द्र वर्षको प्रयोग गरिन्छ । चन्द्र वर्षमा तिथीको हिसावले चन्द्र मास गणना हुन्छ १५ दिन शुक्ल पक्षको र १५ दिन। कृष्ण पक्षको गरी ३० दिन हुन्छन् त्यी ३० दिनमा देव गणका शुक्ल पक्ष र पितृ गणका कृष्ण पक्ष मानिन्छ। चन्द्र वर्षमा छ महिनाको एक अयन हुन्छ कस्लाइ उत्तरायण र दक्षिणायन भनिन्छ । उत्तरायण देव गणका हुन भने दक्षिणायन पितृ गणको मानिन्छ। एक चन्द्र वर्षमा छ वटा ऋतु हुन्छन् त्यी छ ऋतु मध्ये वसन्त ऋतु गृस्म ऋतु र वर्षा ऋतु देव गणका हुन भने शरद ऋतु ,हेमन्त ऋतु र सिसिर ऋतु पितृ गणका हुन् भनिन्छ। अर्थात देव गण र पितृ गणको मान्यता वरावर देखिन्छ।
पितृ श्राद्धहरु विभिन्न प्रकारका रहेका छन सर्बप्रथम त श्राद्ध भन्दा पहिला दिइने सपिण्डी हुन् ।
त्यस्तै गरी एकोदिष्टी, पार्वण नान्दी हुन । एकोदिष्टीलाइ विभाग गरिएको पाइन्छ १ नव २ नव मिश्र ३ वार्षिक अर्थात पुराण
एक पिण्डधुत पनि एकोदिष्ट श्रदा हो भने तीन पुरुषको लागि गरिने श्राद्धलाई पार्वण भनिन्छ भने शुभ कार्यमा गरिने पितृ पुजालाइ नान्दी श्राद्ध भनिन्छ। प्रत्येक मास गरिने श्राद्धलाई अन्वाहायेक श्रदा भनिन्छ ।





