जुम्ला । बडा दँशै तथा शुभ दिपावलीकाे अवसर पारेर गुठिचाैर ३ मा आयाेजना गरिएको पालिका स्तरीय खल्ला ब्यामिन्टन प्रतियोगिताकाे उपाधी देपालगाउँले हात पारेकाे छ । १४ गते बाट संचालन भएको पालिका स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको हाे ।

आज बिहान भएको फाइनल खेलमा गुठिचाैर -३ का सुन्दर बुढाकाे टिम लाई पराजित गर्दै देपालगाउँकाे प्रकाश देवकोटा र जगत भण्डारीकाे टिम प्रथम भएको हाे । यस्तै दृतिय हुनेमा गुठिचाैर -३ का सुन्दर बुढा र अनिल बुढाकाे टिम रहेकाे छ ।
गुठिचाैर गाउँपालिका- ३ काे आर्थिक सहयाेग र समाजका लागि युवा क्लबकाे आयाेजना प्रतियाेगिता भएको थियाे । प्रतियोगितामा जम्मा पालिका भरिका ११ टिमले सहभागी जनाएको समाजका लागि युवा क्लबका अध्यक्ष पदम कामीले जानकारी दिए ।
युवाहरूकाे खेलप्रतिकाे चासाे लाई मध्यनजर गर्दै आयाेजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा युवाहरूकाे उत्साहजनक सहभागीता रहेकाे वडा अध्यक्ष ईन्द्र बुढाले बताए ।
उनका अनुसार खेल जितका लागि मात्र नभएर साथी भाईकाे सम्बन्ध प्रगाढ गर्ने माध्यम पनि रहेकाे बताए । उनले भने, युवाहरूको खेल प्रतिकाे चासाे र लगन हेर्दा ब्याडमिन्टन कवड हल निर्माण पश्चात् पहिलाे आयाेजना गरिएको बताए ।
वडा अध्यक्ष बुढाका अनुसार, याे त पालिका स्तरीय प्रतियोगिता हाे । भाेलीका दिनमा खुल्ला जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे आयाेजना गरिने बताए ।
प्रतियोगिता बाट प्रथम हुने सहभागी टिम लाई २० हजार, प्रमाणपत्र, म्याडल र ट्रफी प्रदान गरिएको छ भने दृतिय हुने टिम लाई नगद १० हजार, प्रमाणपत्र र म्याडल प्रदान गरिएको आयाेजक समाजका लागि युवा क्लबले जनाएको छ ।





