जुम्ला । तातोपानी गाउँपालिका ४ वडामा रहेकाे गिडिदह युवा क्लबले आयोजना गरेकाे फुटबल प्रतियोगिता आज बाट सुरू भएको छ । क्लबले बिजय दशैं र तिहारको अवसर पारेर आयोजना गरेको प्रतियोगिता आज बाट सुरू भएको हाे ।

प्रतियोगिता आज पुर्व राज्यमन्त्री गाेमा गाैतम कुँवरकाे प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हाे । प्रतियोगिता आज बाट असोज २९ गतेसम्म संचालन हुने आयाेजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका युवाहरुले प्रतियोगिता जनाएका छन् ।
फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बाल्दै पूर्व राज्यमन्त्री गोमा गौतम कुँवरले खेलाडी र दर्शक दुवैलाई खेल भावना कायम राख्न आग्रह गर्दै महत्वपूर्ण सन्देश दिइन् ।
उनले भनिन्, “खेलले अनुशासन, मित्रता र एकताको सन्देश दिन्छ। खेलमा जित हार स्वाभाविक कुरा हो, त्यसपछि झगडा नगरी सभ्य र मर्यादित बन्नु नै सच्चा खेलाडीको परिचय हो।
उनले स्थानीय स्तरमा यस्ता प्रतियोगिताले युवाहरूलाई गलत बाटोबाट टाढा राख्दै सकारात्मक ऊर्जातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिन् ।
उद्घाटन खेलमा आयोजक टिम गिडिदह युवा क्लब `बि´ र जुम्ला फुटबल क्लब बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियाे ।
जुम्ला फुटबल क्लबले आयाेजक गिडिदह युवा क्लब ( बि ) लाई १३ गाेल गर्दै पराजित गरेकाे छ ।
यस्तै आजै भएको दाेर्साे खेलमा बल्याक डाईमण्ड युवा क्लब र आयाेजक गिडिदह युवा क्लब (ए ) बिच भएको खेलमा पेनाल्टी सुटआउटमा ४ का बिरूद्व ५ गाेल गर्दै बल्याक डाइमण्ड बिजय भएको छ । भाेली भने खेल नहुने र पर्सि बाट नियमित संचालन हुने आयाेजकले जनाएको छ ।
आयोजकक अनुसार फुटबल प्रतियोगिताको विजेतालाई रु.११००११ रुपैयाँ (एक लाख एक सय एघार) रुपैयाँ राशी पुरस्कार पाउने छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवा तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहनुका साथै उपस्थित दर्शकहरूले खेलमैत्री वातावरणमा उत्साहका साथ सहभागिता जनाएका थिए ।





