जुम्ला । बिजया दशमी तथा सुभ दिपावलिको अबसरमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगितामा आज ५ वटा खेल सम्पन्न भएका छन ।

आज सम्पन्न रोमाञ्चक खेलहरूमा पाँच टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेका छन ।
बिहान ८ बजे लेकाली युवा र बाबिरा युवा क्लब बिच भएको पहिलो खेल मा पेनाल्टी सुट आउटमा लेकाली युवा क्लब बिजयी भएको थियो ।
बिहान १० बजे भएको पहिलो खेलमा जनसमता यूथ क्लब, आचार्यबाडा ले बीएफसी बैयलकटिया लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
दिउँसो १ बजे सम्पन्न दोस्रो खेलमा बुद्ध एफसी ले एच–वन यूथ क्लब माथि १ गोलको जित निकालेको छ।
तेस्रो खेलमा दिउँसो २:३० बजे जेन्–जी विथ क्लब ले देवदेयर यूथ क्लब विरुद्ध १ गोलले जित हात पारेको छ।
साँझ ४ बजेको अन्तिम खेलमा फोई कालिका यूथ क्लब ले जेवाईसी यूथ क्लब (नियापानी ) लाई १ गोलले पराजित गर्दै विजयी भएको छ।
भोलि बिहान ८ बजे हुने पहिलो खेलमा हाकु एफसी र देपालगाउँ एफसी आमने सामने हुने आयोजक गिडिदह युवा क्लब तातोपानी ४ जुम्लाका सदस्य मदन खत्रीले बताएका छन ।





