जुम्ला । गिडिदह युवा क्लब तातोपानी ४ जुम्ला द्वारा आयोजित फुटबल प्रतियोगितामा आज पनि तीन खेल सम्पन्न ।

पहिलो खेलमा फोइकालिका र एच वान ए बीचको प्रतिस्पर्धामा एच वान ए ले १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको छ ।
दोस्रो खेलमा घोगेसीम र जुनियर क्ल्ब श्रीनगर बीचको खेल बराबरीमा समाप्त भए पनि पेनाल्टी सुटआउटमा घोगेसीम विजयी बनेको छ ।
तेस्रो खेलमा जुम्ला एफसी र हाकुबीचको रोमाञ्चक भिडन्त भए पनि पेनाल्टी सुटआउटमै टुंगिँदा जुम्ला एफसी विजयी बनेको आयोजक गिडिदह युवा क्लबले जनाएको छ ।





