काठमाडौ । लामो समयको अध्ययन, अनुसन्धान, बहस र सहकार्यपछि आज “मार्क्सवादी मञ्च–नेपाल” औपचारिक रूपमा गठन गरिएको छ । संगठनको प्रारम्भिक स्थापना २०७६ माघ १५ गते, बुधबार काठमाडौँमा भए पनि यसको केन्द्रीय समिति गठन र औपचारिक घोषणा आज, २०८२ असोज २९ गते, बुधबार गरिएको हो ।

संगठनको अध्यक्षमा धीरेन शाही र महासचिवमा दुर्गा प्रसाद सहित चयन भएका छन । त्यसैगरी, देशभरका सातवटै प्रदेशमा प्रदेश इञ्चार्जहरू पनि तोकिएका छन ।
प्रदेश १ मा पवन लिम्बू,
प्रदेश २ मा रोबिन सिंह यादव,
प्रदेश ३ मा आत्माराम पहरी,
प्रदेश ४ मा आर.सी. सिर्मल,
प्रदेश ५ मा गणेश अधिकारी,
प्रदेश ६ मा बिमल रोकाय,
र प्रदेश ७ मा हस्त बि.क रहेका छन्।
यसबाहेक, एच.आर. कमरेडको नेतृत्वमा विदेश इञ्चार्ज सहित १० सदस्यीय संस्थापक समिति समेत गठन गरिएको छ ।
विज्ञप्ति अनुसार, मञ्चका सदस्यहरू स्थापना काल देखि नै मार्क्सवादी अध्ययन, बहस, विमर्श, विद्यार्थी आन्दोलन, एमसीसी विरोध, मिटरब्याज पीडितको पक्षमा तथा किसान आन्दोलनमा सक्रिय हुँदै आएका छन । संगठनले आगामी दिनमा श्रमिक, किसान, मजदुर, विद्यार्थी र उत्पीडित वर्गको अधिकार र न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ ।
संगठन सँग सम्बन्धित सूचना र गतिविधिहरूका लागि “Marxist Forum” नामक फेसबुक पेज सञ्चालनमा रहेको छ। महासचिव दुर्गा प्रसादका अनुसार, संगठनले अब देशभरका सचेत र परिवर्तनकारी युवाहरू सँग जोडिँदै सशक्त संगठन निर्माण अभियान अघि बढाउने योजना बनाएको छ ।





