जुम्ला । तातोपानी गाउँपालिका–४ स्थित हाँकु रंगशालामा सञ्चालन भएको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्ला फुटबल क्लबले हात पारेको छ।

असोज १९ गते देखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा जुम्ला एफसीले एच वान युवा क्लब हाँकुलाई २–१ गोल अन्तरले पराजित गर्दै विजेताको उपाधि उचालेको हो।
दशैं–तिहारको अवसर पारेर गिडिदह युवा क्लबले आयोजना गरेको यस प्रतियोगितामा जिल्लाका ३३ वटा टिमले सहभागिता जनाएका थिए।
विजेता बनेको जुम्ला एफसीले नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बनेको एच वान युवा क्लब हाँकुले रु. ५१ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको आयाेजकले जनाएको छ ।
आयाेजनाकाे समापनमा बाेल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने धन्यवाद दिए । उनले भने, खेल हाम्रो जिवनका लागि अपरिहार्य भएकाले खेल लाई सम्मान गर्नुपर्ने बताए ।
यस्तै जिल्ला खेलकुद बिकास जुम्लाका कार्यालय कार्यालय प्रमुख कविदत्त न्याैपानेले खेलाडी भनेका हाम्रा राष्ट्रका गहना भएका खेलाडी प्रति आफू जहिले सकरात्मक रहेकाे बताए । उनले भने, जिल्लाका हरेक खेलाडी लाई प्राेत्साहनकाे लागि कार्यालय जहिले पनि पछि नपर्ने बताए ।
हाँकु खेल मैदानमा पहिलोपटक आयोजना गरिएको जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय युवामा खेलप्रति उत्साह र एकता जगाएको बताइएको छ।





