जुम्ला । चन्दननाथ नगरपालिका–१० जुम्ला स्थित लेकाली युवा क्लबले आगामी शुभदीपावलीको अवसरमा “अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता” आयोजना गर्ने भएको छ ।
क्लबले सार्वजनिक गरेको सूचना अनुसार प्रतियोगिता श्री जनज्योति मावि बाराकोटे बाडाको मैदानमा सञ्चालन हुने छ ।

क्लबका अध्यक्ष सन्तोष खत्रीका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले २०८२ साल कार्तिक २ गते साँझ ५ बजे भित्र आफ्नो नाम दर्ता गराउनुपर्नेछ । प्रत्येक टिममा १२ जना खेलाडी रहनेछन ।
टिम दर्ता शुल्क रु १०,००० तोकिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार रु १२,३४५६ नगद सहित मेडल, कप र प्रमाणपत्र रहनेछ भने दोस्रो पुरस्कार रु ५६,७८९ नगद सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता २०८२ साल कात्तिक ३ गते देखि सुरु हुनेछ ।
त्यसैगरी, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु ५०० पुरस्कार दिइने छ।
अधिक जानकारीका लागि क्लबका सम्पर्क व्यक्ति उत्तम खत्री (९८४८३८२५०३), धिरज जंग शाही (९८४५९४२३४०) र शिखर शाही (९८७६९५९८०७) सँग सम्पर्क गर्न सकिने क्लबले जनाएको छ।
लेकाली युवा क्लबका अध्यक्ष सन्तोष खत्रीले शुभदीपावलीको अवसरमा खेलकुदको माध्यमबाट युवा बीच आपसी सद्भाव र खेलभावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन ।






