काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ।

आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे दलहरूलाई जानकारी गराइने छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ।
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।
यसअघि निर्वाचन कार्यतालिका सार्वजनिक गर्दा दलहरूसँग छलफल नगरेको भन्दै आयोगको आलोचना भएको थियो। उक्त कार्यतालिकामा उम्मेदवारीको मिति भने तय गरिएको छैन।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनबारे छलफल गरेका थिए।





