जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिका वडा नम्बर १ ले दिपावलीकाे अवसरमा अन्तर वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयाेजना गर्ने भएको छ । गुठिचौर गाउँपालिका–१ ले युवाको उत्साहसँगै वडाकाे आयाेजनामा अन्तर वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको हाे ।
वडाले आयाेजना गरेकाे प्रतियोगिता यहि कार्तिक ९ गते बाट संचालन हुने वडा अध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए । उनका अनुसार, खेलाडीहरू कुनै पनि जिल्लाको सम्बन्धित वडा भित्रको हुनु पर्ने र २ वटा खेलाडी मात्र वडा भन्दा बाहिरको हाल्न पाइने जानकारी दिए ।

वडा अध्यक्ष महताराले भने, खेलाडीहरुले आफनो परिचय खुल्ने सक्कल नागरिकता सहित सम्बन्धित वडा कार्यालयको खेलाडी हो भनि प्रमाणित गरिएको वडाको सिफारीस अनिवार्य हुनुपर्ने छ ।
वडाको सिफारीसामा खेलाडी विवादित हुन आएमा सम्बन्धित वडा स्व्यम जवाफदेही हुने वडा अध्यक्ष महताराकाे भनाइ छ । महताले भने, अन्तर वडा खुल्ला भलिबल प्रतियोगितामा खेलाडीहरुलाई विहानको खाना आयोजकले व्यहोर्ने बताए ।
प्रतियोगिताका लागि टिम दर्ताका लागि कार्तिक २ गते देखि ८ गते ४ बजे सम्म समय सिमा ताेकिएकाे छ । प्रतियोगितामा भाग लिनका लागि टिम दर्ता शुल्क रु ७ हजार कायम गरिएको र शुल्क अनलाईन बाट पनि दर्ता गराउन सकिने भएको छ ।
खेलाडीकाे संख्या टिम कोच सहित १० जना हुनुपर्ने छ ।प्रतियोगिता बाट प्रथम हुने टिम लाई १ लाख ११ हजार १ सय ११ ( ११११११ ) कर कट्टि हुने गरी ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कारकाे व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।
यस्तै प्रतियोगितामा द्वितिय हुने टिम लाई ७१ हजार १ सय ११ रूपैयाँ ( ७११११ ) कर कट्टि हुने गरी मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै तृतिय हुने टिम लाई ३७ हजार १ सय ११ ( ३७१११ ) कर कट्टि हुने गरी मेडल र प्रमाणपत्र प्रदान गरिने गुठिचाैर गाउँपालिका वडा नम्बर १ जनाएको छ ।





