जीवनमा केही क्षणहरू यस्ता हुन्छन । जहाँ कुनै रिपोर्ट, तथ्य वा व्यापारिक गणित काम लाग्दैन ।
मनको गहिराइमा उठ्ने एक हल्का तर दृढ धड्कनले मात्र मानिसलाई फर्काइदिन्छ । आफू सँग आफ्नो पहिलो श्वास सँग र प्रकृति सँग ।
Organic & Co का आत्माहरू पनि यस्तै एक अदृश्य आवाज सँग चले शहरको धुलो सिमेन्ट र ट्राफिकलाई पन्छाउँदै उनीहरू हिमालका काखमा लुप्त रहेको सत्य खोज्न निस्किए जहाँ भने जस्तो सजिलो भने पक्कै थिएन !
गर्मीयाम सङ्गै वर्षातको समय एकसाथ सुरु भएको थियो ।
हामी सम्झन्छौ त्यो कि क्षण जुन पहिलो पाइला जुम्ला तिर परेको क्षण अझ त्यसमा कनकासुन्दरी गाउँ पालिका वडा न ५ मालिकाबोता ।
समयले हाम्रो मुटु रोकेको महशुस हुन थाल्यो तौलचौलीको उकालो, बर्खाको कच्ची गोरेटो बाटो तथा गन्ध, पुराना व्यापारिक बाटोको भूइँमा कुदिएका मानव इतिहासका चिनारी यी सबैले यात्रुलाई स्वागत गर्दै भन्थे
फर्केर जान लागेका होऊ ? वा भेट्न आएका ? कर्णालीको नाङ्गो, कठोर र एक्लो सुन्दरतामा एउटा अनौठो आकर्षण थियो ।
जुन सुन्दरताले मानिसलाई चिच्याएर होइन मौन भएर बोलाउँछ । हावाले कहिले कठोर त कहिले मातृस्पर्श दिए जस्तो । त्यही स्पर्षले उनीहरूलाई ३,००० मिटर माथिको शिलामय संसारतर्फ डोर्याइरहेको थियो । त्यति माथी उक्ले पछी महशुस हुन्छ ।
यहाँका किसानका हातमा जीवनको सिङ्गो कथा लेखिएको छ । ढुंगाको जाँतो, गडागडामा खेत, साँघुरा गोरेटो बाटो , धुँवा निस्कने माटोका घर र पहाडै पहाडका ससाना थुम्कामा चरिरहेका गोरु बाख्रा ।
समय मानौँ स्थिर थियो; मानिस अर्थात् हामि अनन्त कथा सुन्दै हिँडिरहेको जस्तो अनुभुती भैरहेको थियो ।
त्यही अनुभुतीमा Organic & Co को पहिलो बीउ पलायो जवाफ खोज्दा होइन, प्रश्न निस्कँदा किनकि सत्य प्राय प्रश्नमै लुकेको हुन्छ ।
जुम्ला केवल भूगोल होइन जुम्ला एक ग्रन्थ हो।पहाडका भित्तामा लेखिएको नदीको बगाइले उच्चारण गरेको जडीबुटीको सुगन्धले पढाइने र मान्छेको भोक प्यासले व्याख्या गर्ने ग्रन्थ ।
यही ग्रन्थको एउटा गहिरो पृष्ठ हो शिलाजीत ।
शिलाजीत त्यहाँ केवल पदार्थ होइन ।यो पहाडको पसिना हो
कर्णालीको आत्मा हो । मानिस र प्रकृतिको गोप्य सम्झौता हो ।
बजारमा फैलिएका फैलाइएका विभिन्न प्रकारका मिथक, भ्रम, झुट्टा सुनसुनाइ र लोभका व्यापारले शिलाजीतलाई अक्सर नैराश्यको भण्डारमा बन्द गरिदिन्छ ।
तर Organic & Co ले ती सबै भित्ताहरू चिर्दै सत्यतिर हिँड्ने निर्णय गर्यो र हिड्यो स्रोत सम्म, समुदाय सम्म र पहाडको टुप्पा सम्म ।
मालिका बोता गाउँका बुढाबुढीका झुर्रिएको हातले सिकाएको ज्ञान , किसानहरूका पसिनाले भिजेको ढुंगा माटोको स्पर्श, जंगलको मौनता र हिमाली खोचको गहिरो निस्वास,चट्टान सङ्ग जुध्ने हातपाखुरी र कठोर आत्मबल आट शाहस । यी सबै मिलेर शिलाजीत संकलन कार्य सप्पन्न भयो ।
शिलाजित मात्र उठाइएर ल्याएनौ हामिले सम्मान , प्रार्थना र निष्ठा सङ्गै ल्याएर आयौ ।
जब त्यो पदार्थ शहर तिर फर्कियो, प्रयोगशालाले प्रमाणित गर्यो । त्यहाँको सत्यता र निष्ठालाई कहिल्यै बिर्सन सकिँदैन ।
प्रयोगशालामा शुद्धता आफैँ बोल्छ यो क्षण असाध्यै खुशी भयौ । अनि हाम्रा आँखा वोरीपोरी जुम्ला , त्यो चट्टान , बुढा आमाबाको आशिर्वाद , त्यो गोरेटो , कठिनाई सवैसबै ताजा हुँदै आए अहिले शान्ती , सुख आनन्द प्राप्ति भएको महसुस भईरहेको छ । यात्रा भने यत्तिमा सिमित भएन ।
कर्णालीको चिसो हावाले हामिहरूलाई सिकायो, मानिस लाई पहाड चढ्नु आवश्यक छैन, पहाड आफैँ मानिस भित्र उठ्न सक्छ ।
Organic & Co को जन्म त्यसै क्षण भयो व्यापारिक योजना भएर होइन, आत्माको एक टुक्राले अर्को टुक्रालाई भेटेपछि मात्र ।
जुम्लाको आकाश मुनि कठोर गोरेटोमा, कर्णालीको रित्तो तर गहिरो आवाज बीच उनीहरूले सम्झिए ।
बिरामीको उपचार जहिल्यै औषधि बाट मात्र हुँदैन उपचार त कहिलेकाहीँ आत्मा सँगको मेलमिलाप बाट पनि हुन्छ । अन्त्यमा, जुम्लाको शिलामय काखले उनको कानमा केवल एक वाक्य फुसफुसायो ।
“जहाँ प्रकृतिको शक्ति मानिस भित्र बगिरहेछ त्यहीँ यात्रा जन्मिन्छ । त्यहीँ सत्य भेटिन्छ त्यो ब्रान्ड होइन आत्मा बन्छ।”
Organic & Co त्यही आत्माबाट जन्मिएको कथा हो ।
कहिले कठोर, कहिले पवित्र, कहिले मौन तर सधैं सत्य ।

थप केही तस्बिर






