काठमाडौं । एमाले नेता कार्यकर्ता मंसिर २७–२९ मा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा आज देशभर सक्रिय रहेका छन । करिब ६,६७,६३० संगठित सदस्य मध्येबाट झण्डै २,२०० प्रतिनिधि चयन हुनेछन अहिले चयन प्रक्रिया तीव्र बन्दै गएको छ।

यस पटक हरेक संघीय निर्वाचन क्षेत्रबाट न्यूनतम एक युवा प्रतिनिधि अनिवार्य गरिएको छ । साथै
प्रदेश कमिटीबाट : ४५
प्रतिनिधिसभा क्षेत्रबाट : करिब १,०००
विशेष जिल्ला कमिटी : ४७
दलित समुह : ८१
ट्रेड यूनियन : ४० प्रतिनिधि चयन हुँदैछन् ।
पार्टी विधान अनुसार केन्द्रीय कमिटीबाट ३५४ स्वतः प्रतिनिधि रहनेछन्।
अन्य स्वतः प्रतिनिधिहरु
केन्द्रीय अनुशासन आयोग बाट २९ जना, लेखा आयोग बाट ३०जना निर्वाचन आयोग बाट २५ जना, सल्लाहकार परिषद् बाट २५ जना
गरी कुल ४६४ स्वतः प्रतिनिधि रहने व्यवस्था छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, प्रति १,२०० संगठित सदस्य बराबर २ खुला र १ महिला प्रतिनिधि चयन गर्ने व्यवस्था अनुसार प्रतिनिधि छनोट भइरहेको छ ।





