जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन ।

निर्वाचन आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलले समानुपातिक तर्फ बन्दसूची बुझाएका छन । तीमध्ये ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी दलहरूले उम्मेदवार सूची पेस गरेका हुन ।
आयोगले जानकारी दिएअनुसार १० वटा राजनीतिक दलले भने ४ वटा एकल निर्वाचन चिह्न प्रयोग गरेर निर्वाचनमा भाग लिने गरी समानुपातिक बन्दसूची पेस गरेका छन ।
अब निर्वाचन आयोगले पेस गरिएका बन्दसूचीहरूको कानुनी तथा प्राविधिक परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।






