जुम्ला । नेकपा एमाले जुम्लाले प्रतिनिधि सभा उम्मेदवारमा शान्तिलाल महतलाई एकल सिफारिस गरेको छ । आईतबार जुम्लामा बसेको नेकपा एमालेको सचिवालय बैठकले उम्मेदवारमा महतको नाम एकल रुपमा सिफारिस गरेको हो ।

एमालेका कर्णाली प्रदेश सदस्य तथा जुम्ला प्रदेश (ख) का ईन्चार्ज जय बहादुर खत्रीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत महतलाई एकल सिफारिस गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले जुम्लाका पार्टी अध्यक्ष समेत रहेका शान्तिलाल महतको नाम एकल सिफारिस गरिएको पार्टी सचिव मान बहादुर रोकायाले बताए ।
सचिवालय सदस्य तथा अन्य नेता कार्यकर्ताले राखेको धारणा अनुसार पार्टीलाई एक ढिक्का बनाउन र एकताको सन्देश दिन उम्मेदवारमा शान्तिलाल महतको नाम एकल सिफारिस गरिएको छ ।
पार्टीको बैठकले एकल सिफारिस गरेर थप जिम्मेवारी दिएको र सबैको समर्थन,सहयोगबाट एमालेको जितलाई सुनिश्चित बनाउनुपर्नेमा महतले जोड दिएका छन् ।





