सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन ।
शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई दलको नेताको जिम्मेवारी दिएको हो ।

दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी प्रस्तुत गरेपछि बैठकमा ध्वनि मतका आधारमा बहुमतसहित शाही चयन भएका हुन ।
यसअघि शुक्रबारको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दलको नेताका लागि दाबी गरेका थिए। तर शनिबारको बैठकमा उनीहरूले सहमतिका लागि भन्दै आफ्नो दाबी फिर्ता लिएका थिए।





