मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ भित्र पर्ने मुन्दुगाउँ चुनावमा जस्तोसुकै कठिनाइ अवस्था पार गरेर भएपनि चुनावमा पुग्छन् ।तर चुनाव सकिसकेपछि त्यो गाउँ लाई सौतेनी आमाको रूममा लिन्छ अहिलेसम्म जितेर गएका नेता मुन्दु गाउँमा फर्केको कुनै रेकर्ड छैन।

मुगु जिल्लाको सदरमुकामबाट निकै टाढा रहेको गाउँ न त यातायातको सुविधा छ। न त शिक्षाको छ न त स्वास्थ्यको छ। यस क्षेत्रका मानिसहरू लाई मुगु जिल्लाका राजनीतिक दलले हेरने नजर नै फरक छ ।
तर यस छायानाथ रारा नगरपालिकाभित्र वडा न ६ भित्र सबैभन्दा बढी कृषि मा आधारित जनसङ्ख्या रहेको छ ।
यस वडाभित्र आम्दानी भएका हरेक फलफुलदेखि जडिबुटी पशु चौपाए जिल्ला हुँदै विभिन्न जिल्ला मा पुगिरहेका छन् तर यस यस वडा र गाउँलाई हेरिने जनप्रतिनिधिको सोच एकदम नेगेटिभ छ यस वडा भित्र मुन्दुगाउँमा अहिलेसम्म शिक्षाको क्षेत्रभित्र १० क्लासभन्दा माथि राम्रोसँग पढेका कुनै योग्य युवा हरू छैनन्।
राज्यको सेवा सुविधाबाट निकै टाढा रहेको गाउँ यो गाउँ हो। मुन्दुगाउँ यो गाउँका मानिस हरू पशुजस्तै जिन्दगी जिइरहेका छन् चुनावमा नेताहरू आउने लाटा सोझालाई हावागव र झुक्याएर मत माग्ने प्रविधि पुर्खाबाट चलिआएको छ। मुन्दु गाउका स्थानीय बासिन्दा विशाल रावलले जानकारी दिनुभएको हाे ।





