काठमाणडाै । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सञ्चालनका लागि भएको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो।

आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचन सम्पन्न गर्न कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको छ।
आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको छ।





