जुम्ला । गुठिचौर गाउँपालिका–३ मा भालुकाे आक्रामक बाट एक जना घाइते भएका छन् । भालुकाे आक्रमण बाट गुठिचाैर -३ का चन्द्र बुढाका छाेरा २४ वर्षीय सचिन भन्ने पुन्य बुढा गम्भीर घाइते भएका हुन् ।

बुधबार बिहान आफ्ना भेडाबाख्रा चराउन गएका बेला बुढा माथि भालुले आक्रमण गरेको थियाे ।
स्थानीयका अनुसार, घाइते बुढा एक्लै भेडाबाख्रा चराउन सानो गुठिचौर क्षेत्रमा पुगेका छन् ।
सोही क्रममा जङ्गल नजिकैबाट आएको भालुले अचानक आक्रमण गर्दा बुढा गम्भीर घाइते भएकाे स्थानीयले बताएका छन् ।
घाइतेका मामा चित्र बुढाका अनुसार भालुले सचिन बुढाको अनुहार, हात तथा शरीरका अन्य भागमा चिथोरेर सख्त घाइते बनाएको बताए ।
घटनालगत्तै स्थानीयवासीको सक्रियतामा उनको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ । अस्पतालमा उनको आकस्मिक उपचार भइरहेको जनाइएको छ।
पशुपालनलाई मुख्य पेसा बनाउँदै आएका सचिन बुढा सँग करिब दुई सय २५ वटा भेडाबाख्रा रहेका छन् । उनी बुधबार बिहान पनि दैनिक जस्तै भेडाबाख्रा चराउन गएको समयमा भालुकाे आक्रमणमा परेका थिए ।





