जुम्ला । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्काय विस्तारको सम्भाव्यता अध्ययन गर्न एक टाेली जुम्ला पुगेकाे छ। जिल्ला बहुमुखी क्याम्पस जुम्लाको आयोजनामा अध्ययन गर्न एक टाेलीले सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवाला, पत्रकार, तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेकाे छ।

सम्भाव्यता अध्ययन टोलीका संयोजक प्रा. डा. रामप्रसाद जवालीले उच्च शिक्षाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए । उनले जुम्लाको भौगोलिक अवस्था, विद्यार्थीको संख्या र स्थानीय मागलाई हेर्दा मानविकी तथा सामाजिक शास्त्र सङ्काय विस्तारको पर्याप्त सम्भावना रहेको जानकारी दिए ।
प्रा. डा. जवालीका अनुसार, हामी सम्भाव्यता अध्ययनका लागि जुम्ला आएका हौ । जुम्लाको अवस्था हेर्दा उच्च शिक्षाको आवश्यकता स्पष्ट देखिएकाे बताए । स्थानीय स्तर बाट पनि सकारात्मक सुझाव आएकाले आवश्यकता रहेकाे बताए ।
त्यस्तै डा. वामदेव अधिकारीले शिक्षा विकासलाई केवल प्रमाणपत्र सँग जोडेर हेर्न नहुने धारणा राखे । उनले मानविकी शिक्षा समाज रूपान्तरण सँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै जुम्लामा सामाजिक अनुसन्धान, संस्कृति र स्थानीय ज्ञानको अध्ययन आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लामा उच्च शिक्षाको विस्तार समयको माग भएको बताए । उनले जुम्लाका विद्यार्थी सामान्य विषय अध्ययन गर्न पनि बाहिर जान बाध्य हुनु दुःखद अवस्था भएको उल्लेख गरे ।
प्रमुख आचार्यले भने, जुम्लामा मानविकी तथा सामाजिक शास्त्र सङ्काय विस्तार हुनु भनेको यहाँका विद्यार्थीका लागि ठूलो अवसर सिर्जना भएको बताए । शिक्षा विकास बिना समाजको समग्र विकास सम्भव नहुने भएको हुदा मानव जीवनका लागि शिक्षा अपरिहार्य रहेकाे बताए ।
त्यस्तै जिल्ला बहुमुखी क्याम्पस जुम्लाका प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्लामा उच्च शिक्षाको पहुँच विस्तार गर्न राज्य र विश्वविद्यालय गम्भीर बन्नुपर्ने बताए । उनले सीमित स्रोत साधनका बीच पनि क्याम्पसले गुणस्तरीय शिक्षा दिन प्रयास गरिरहेको उल्लेख गरे ।
क्याम्पस प्रमुख खत्रीका अनुसार, अब जुम्लाका विद्यार्थी सामान्य अध्ययनका लागि पनि काठमाडौ वा नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए । जुम्ला क्याम्पसमा विद्यार्थी पनि छन्, आवश्यकता पनि छ र सम्भावना पनि प्रशस्त छ । राज्यले जुम्ला लाई शिक्षामा पछि पार्ने दृष्टिकोण परिवर्तन हुनुपर्नु बताए ।
क्याम्पसमा पत्रकारिता विषय अध्ययन गर्नेका लागि चाहिने स्रोत साधन अध्ययन गर्नेका लागि त्रिभुवन विश्वविद्यालयकाे टाेलि स्थलगत सम्भाव्यता अध्ययन गर्ने जुम्ला पुगेको बताए ।
लामो समयको मेहनतले सबै निकायको साझा प्रतिबद्ताले अब घरमै बसेर स्नातक तहको आमसंचार तथा पत्रकारिता विषय पढाइ हुनु क्याम्पसका लागि अवसर र चुनाैति रहेको छ।





