जुम्ला । जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी उपाध्यक्ष शुष्मा हमालकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको हो।

अध्यक्षमा शुष्मा हमाल, सँगै सञ्जालको उपाध्यक्षमा करूणा सार्की, सचिवमा स्मृति रावत, काेषाध्यक्षमा मंगला भट्ट, सहसचिवमा मन्जु सार्की चयन भएकी छन् । यस्तै सदस्यमा मेनिका शाही, लक्ष्मी सार्कि , ऋतु कुलाल, अस्ठा भण्डारी चयन भएकी छन् ।
जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको छ ।
नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बार्षिक ३ देखि ६ महिनाकाे छलफल गर्ने सहमत भएको छ ।





