जुम्ला । भौगोलिक रूपमा विकट र चिसो मौसमको सामना गरिरहेका जुम्ला, बोहरागाउँ स्थित रत्नचुण्डेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूले नयाँ न्यानो ज्याकेट र शैक्षिक सामग्री पाएका छन । काठमाडौं विश्वविद्यालय (KU) स्कुल अफ म्यानेजमेन्ट बाट इन्टर्नसिपका लागि जुम्ला पुगेका दुई विद्यार्थीको विशेष पहलमा १५० भन्दा बढी बालबालिकाको अनुहारमा खुसी छाएको छ ।

इन्टर्नका रूपमा जुम्ला पुगेका संजिता भुषाल र श्रीजा पराजुलीले स्थानीय स्तरमा ‘कास्डा’ संस्था सँगको समन्वय र विभिन्न दाताहरूको सहयोग जुटाएर यो राहत सामग्री वितरण गरेका हुन ।
प्राप्त सहयोग तथा दाताहरूको विवरण यस प्रकार रहेकाे छ ।
-
मुमा छोरी इण्डस्ट्री बाट: प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा ९ सम्मका बालबालिकाका लागि न्यानो ज्याकेट ।
-
आमाको अचार बाट: कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री ।
-
निमा पुस्तक पसल बाट: विद्यालयको लाइब्रेरीका लागि पुस्तकहरू, अतिरिक्त शैक्षिक सामग्री तथा खेलकुदका सामान ।
-
अन्य सहयोग : विपन्न ३० जना विद्यार्थीका लागि नयाँ झोला र विद्यालयका लागि सरसफाइका सामग्री ।
चिसो बढे सँगै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई ज्याकेट र पढ्ने सामग्रीले ठूलो राहत पुर्याएको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर रोकायाले बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन न्यौपाने र काष्ठाका अध्यक्ष डा. कल बहादुर रोकायाले दुर्गमका बालबालिकाको हितमा पहल गर्ने इन्टर्न विद्यार्थी तथा सहयोगी दाता हरूप्रति विशेष आभार व्यक्त गरेका छन ।





