जुम्ला । नेपाल–चीन सीमा क्षेत्र नजिक भाद्र १० गते आएको विनाशकारी बाढी पछि असोज १२ गते सरकारले सक्रिय खोज तथा उद्धार अभियान अन्त्य गरेर पुनर्स्थापना र पुनर्निर्माणमा ध्यान केन्द्रित गरेको छ । एसोसिएटेड प्रेसका अनुसार कम्तीमा १,४५५ जनाको शव फेला परेको छ भने ५,२८५ जना अझै बेपत्ता छन् । क्षतिको पुनर्निर्माणमा करिब ४.७७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ ।

सरकारले खोजी कार्य रोके पछि ? बेपत्ता भएका व्यक्तिका परिवारलाई कानुनी प्रमाणपत्र, क्षतिपूर्ति र बीमा प्राप्त गर्न कठिनाइ भैरहेको छ । पुनर्निर्माणको ठूलो लागतले सरकारी बजेट र विकास आयोजनामा समेत दबाब पार्न सक्छ ।
समयमै ब्यपता नागरिकको बारेमा सरकारले निर्णय दिन नसक्दा परिवार जनमा के गर्ने के नगर्ने अन्यौल समेत रहेको छ ।





