जुम्ला । कर्णाली प्रदेश सरकारले कृषि, सञ्चार, बीमा, पूर्वाधार र सामाजिक समावेशितासँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार (२० कात्तिक) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
१. कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति ।
२. कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत ।
३. कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत ।
४. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत ।
५. मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालनसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत ।
स्याउ विकास बोर्ड गठनको प्रस्ताव ले जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालीकोटको कृषि अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ।
बोर्डले प्रभावकारी काम गरेमा
स्याउ उत्पादनको गुणस्तर सुधार ।
चिस्यान केन्द्र र भण्डारण व्यवस्थापन ।
प्रशोधन तथा प्याकेजिङ उद्योग विकास ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार ।
किसानको उत्पादनको उचित मूल्य निर्धारण । जस्ता क्षेत्रमा सहयोग पुग्न सक्छ ।






