जुम्ला । कर्णालीकै लामो जात्रा लाई लक्षित गर्दै बुधबार जुम्ला बजार अनुगमन गरिएको छ । जुम्ला बजारमा रहेका हाेटेल तथा भाेजनालयकाे अनुगमन गरिएको हाे । जात्राको भीडसँगै स्वास्थ्य जोखिम बढ्न नदिने लक्ष्यका साथ जुम्लाका होटल,रेस्टुरेन्टमा कडाइका साथ अनुगमन हाे ।

बजारमा जात्राकाे समयमा उपभोक्ता चाप बढेसँगै स्वच्छता, मिठाइ पसल र भाेजनालयमा अखाद्य बस्तु बस्तु प्रयोग रोक्न अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्ला कार्यालय प्रमुख प्रक्षा न्याैपानेले जानकारी दिइन् ।
अनुगमनका क्रममा केही व्यवसायीलाई सचेत गराउँदै आवश्यक सुधार गर्न निर्देशन दिइएको उनकाे भनाइ छ । जात्राको अवसरमा बजारको रौनक त हुन्छ, तर खाद्य सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुने हुदा अनुगमन गरिएको बताइन् ।
अनुगमनका क्रममा होटलको भान्सा सफाइ देखि लिएर भान्सामा प्रयोग हुने तेल, मसला, माछा,मासु र मिठाइकाे गुणस्तर सूक्ष्म रूपमा जाँचिएको कार्यालय प्रमुख न्याैपानेले बताइन् ।
कतिपय हाेटेल तथा भाेजनालय स्थानमा मूल्य सूची टाँसिएको नभएको, भान्सा सफाइ कमजोर रहेको र बासी तेल प्रयाेग भएको पाइएको छ ।
अनुगमन टोलीले त्यस्ता सामग्री तत्काल हटाउन, हाेटेल सफा राख्न र दर्ता नभएका हाेटेल तथा पसल दर्ता गर्न सात दिने अल्टिमेटम दिइएको छ ।
यस्तो अनुगमनले व्यवसायीलाई सचेत गराउने मात्र नभई, स्वच्छता मापदण्ड पूरा गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ। बजार अनुगमन टोलीले आगामी दिनमा पनि अनुगमन निरन्तर गर्ने बताएको छ ।





