खशहरुको इतिहास अध्ययन गर्नु भन्दा पहिले आर्य समाजको उत्पत्ति वारे जानकारी हुनु जरुरी हुन्छ। केहि विद्वानहरुको मत अनुसार खश आर्यहरुको आगमन मध्य एसियाबाट भएको भन्ने रहेको छ भने केहि विद्वानहरुको मत अनुसार युरोपबाट भारत वर्षमा पसेको भन्ने रहेको छ। धेरै जसो विद्वानको मत अनुसार खश आर्यहरुको पितृ कुण्ड मानसरोवर सुमेरु पर्वत रहेको भन्ने छ । खश आर्यहरुको उत्पत्ति स्थल मनस खण्ड रहेको कुरा आर्यहरुको भाषा संस्कृत मुल भाषा रहेको र अन्य भाषा संस्कृत वाट विकास भएको भन्ने भाषाविदहरुको मत रहेको छ । साथै वास्तुकला पनि आर्यहरुको विभिन्न स्थानमा पाइएको छ भन्ने मत पनि बलियो छ ।

सिन्धु सभ्यतालाइ आधार मानेर गरिएको अनुमान असत्य
केहि विद्वानको भनाइ अनुसार सिन्धु सभ्यता इ सा पुर्व २७०० को आसपास रहेको र आर्यहरुका देवता इन्द्रले सिन्धु सभ्यताका द्रविडियनहरुलाई युद्दवाट देवताका राजा इन्द्रले नष्ट पारेको त्यसैले इन्द्रलाइ पुरन्दर भनियो भनेर गफ हानेका छन् । सिन्धु सभ्यता नष्ट हुनु पहिले आर्यहरु युरोपका रहेका भन्ने एक मात्र मत रहेकोमा पछिल्लो खोज अनुसार आर्य इतिहास वोकेको ऋग्दवेद नै दश हजार वर्ष पुरानो रहेको र आर्यहरु त्यो भन्दा पहिले नै मध्य हिमालका निवासी रहेको देखिन्छ।
सिन्धु सभ्यता इन्द्रले ध्वस्त नगरी बाढिले वगाउदा नष्ट भएको भन्ने देखिन्छ अर्को तर्फ सिन्धु सभ्यताको उत्खनन गर्दा शिव मुर्ति पाइएका छन् भनिएको छ।
केहि विद्वानले सिन्धु सभ्यता नष्ट इ सा पुर्व १७०० मा नष्ट भएको र इ सा पुर्व १६०० वाट आर्यनहरुको सत्ता चलेको भनेका छन् तर हाल भुगर्भ विदहरुले आर्यहरुको पुरानो पुस्तक वेदमा उल्लेख गरिएको सरस्वती नदी ई सा पुर्व १९०० मा जमिनमा भासिएको भनेका छन् त्यसैले आर्यहरु मध्ये एसियाबाट र युरोपवाट आएको कुरा मिलेको पनि छैन ।
खश आर्यहरुको मुल थलो सुमेरु र मानसरोवरको सेरोफेरो रहेकोमा विस्तारै आर्यहरुको विस्तार मानस खण्ड वाट इन्द्रप्रस्थ सम्म भएको हो । आर्यहरुको वसोवास रहेको स्थानलाइ तीन भागमा विभाजन गरिएको थियो त्यी हुन
१ उत्तरा गिरी
२ दक्षिणा गिरी
३ अन्तरा गिरी
मुख्य त आर्यहरुको निवास मानस खण्ड सुमेरु देखि बिन्ध्यान्चल सम्म हो पछि विस्तारै इरान मध्य एसिया हुँदै युरोप सम्म पुगेको भन्ने रहेको छ ।
आर्यहरुलाई दक्षिण सम्म फैलाउने कार्य अगस्त्य ऋषि र पुर्व तर्फ विस्तार गर्ने कार्य गौतम ऋषि वाट भएको भनिएको छ। तर इरान र युरोप सम्म आर्यकरण वैदिक कालमा व्यापार गर्ने प्राणीहरुले गरेको भनिएको छ ।
माहाभारत कालको समयमा पनि मानस खण्डमा किराँत, कुलिन्द, खश राज्य रहेको भनिएको छ । त्यो समयमा राजा युधिष्ठिरको राज्यभिष्यक गर्दाको समयमा राजाहरुको नाम गणना गर्ने क्रममा मध्य हिमाल मानस खण्ड सेरोफेरोका राजाहरुमा
१ खशएकनस
२ दिर्घवेनु
३ पारन्द्र
४ कुलिन्द
५ पातंगड
६ तंगडको नाम पाइएको छ ।
यी सबैको शासन केन्द्र मानस खण्ड रहेको र यी जनपद रहेको भनिएको छ । मानस खण्डका जातिहरुमा दरड, तंगड, खश, ल्याँनक, कुलिन्द र ग्लेच्छ रहेको पाइन्छ ।
कुलिन्द राजा सुवाहु पाण्डवका मित्र रहेका र पाण्डु पुत्र अर्जुनको आफ्नो दरबारमा भव्य स्वागत गरि राखेको भनि उल्लेख गरेको पाइन्छ। राजा सुवाहुले माहाभारतको युद्दमा पाण्डव पक्षको युद्ध गरेको पाइन्छ । यिनको अमोदभुति नामको मुद्रा समेत पनि भेटिएकोले (पाइएकाले)पनि प्रमाणित मानिएको छ । त्यो समयमा जनपदहरु यसरी विभाजन गरिएको पाइएको छ ।
१ कमखल देखि गंगा नदि सम्म कुलिन्द जनपद ।
२ भागिरथी नदी देखि कालि नदी सम्म तँगड जनपद ।
३ काली देखि पुर्वमा उच्च हिमाली उपत्यका कैलाश मानसरोवरको सेरोफेरो खश मण्डल ।
४ त्रिसली पुर्व किराँत राज्य थियो भन्ने पाइन्छ ।
पछिल्लो काल खण्डमा ईरानी सङ्ग खशहरुको युद्ध
खशहरुको सत्ता संचालन मानसरोवरको छेउ ताक्लाखर भए पनि राजा नागराजको समयमा सन १०१९ मा इरानी मुसलमान मोहम्मद गजनबिको आक्रमणको समय खशहरुको भिषण युद्ध हुन गई खशहरुले मोहम्मद गजनविको पराजय हुन गयो । खश राज्य सकुसल रहन गयो । भने सन ११७६ मा अफगान मुस्लिम मोहम्मद गौरी सङ्ग युद्ध हुन गई मोहम्मद गौरीले पराजय भोग्न परेको थियो । त्यसपछि राजा नागराजले खश राज्यको राजधानी ताग्लाखर वाट सिंजा सर्न गयो । त्यो भन्दा पहिले सिंजा लगायत वरपरका ठाउँमा रोकाया ,बडुवाल, पाल समेतका साना साना राज्य रहेका थिए । नागराजको समयवाट सिंजा राज्यको सिमा विस्तार भएर गान्धार सम्म पुगेको इतिहास पाइन्छ ।
राजा अशिक चल्ल
सिजा खश साम्राज्यको विस्तार पुर्व कहाँ सम्म थियो भन्ने एकिन खुलेको छैन तर बोधगया सम्म अभिलेख पाइनु र पटक पटक सिजा राज्यले कर उठाउन हालको काठमाडौंमा आक्रमण गर्नुले कतै सिजा राज्य पुर्वको कामख्य देवि देखि त होइन ! भन्ने सवाल उठ्छ तर पश्चिमी सिमाना उत्तरमा लद्दाक सम्म थियो । लद्दाक क्षेत्रमा दोर्जे दाङ्गलाइ जिम्मा दिइ प्रशासक नियुक्त गरिएको थियो ।
भने गढवाल क्षेत्रमा राजा अशोक चल्लले आफ्नो नियन्त्रण कायम गरी त्यस क्षेत्रमा प्रशासन संचालन गर्न जयतु सिंह लाई नियुक्त गरिएको थियो ।
कुमाउका राजा उदय पालको पटक पटक भएको विद्रोह प्रशासक जयतु सिंहले नियन्त्रण गरी राजा अशोक चल्लको विश्वास जित्न सफल भएका थिए ।
अशोक चल्लको अभिलेख गोपेश्वर
१२०९ दिनाक गणपति १२ शुक्रवारमा राजा हरुका पनि महाराजा सवा लाख राजाका महाराजा अशोक चल्ल त्यो समयमा भने प्रशासक जयतु सिंह नभएर प्रताप सिंह रहेका छन् किनकि जयतु सिंहको प्रशासन अवधि सन ११६९ देखि ११७० सम्म जयतु सिंहले अशोक चल्लको प्रशासक रहे पनि निजको मृत्यु भएकोले यीनकै छोरा प्रताप सिंहले वावुको ठाउँमा रहि राजा अशोक चल्लको प्रशासक भई कुमाउ गडवालको प्रशासन संचालन गरेका थिए ।
यसरी मानस भुमि केदार भुमी सिंजा राज्यको काबुमा रहन गयो ।
पृथ्वीराज चौहानको अन्त्य र मुस्लिम शासन स्थापित
थानेश्वर र कन्नौज राज्य विचको दुश्मनिताको उपयोग अफगान मुस्लिम मोहम्मद गौरीले लिएको थियो । कन्नोजकी राजकुमारी र थानेश्वरका राजा पृथ्वीराज चौहान विच गहिरो प्रेम थियो । तिनिहरु सुगाको माध्यमबाट पत्र आदान प्रदान गर्ने गर्थे । तर राजा जयनन्द र राजा पृथ्वीराज चौहान बिच
दुश्मनी वढ्न गएकोले पृथ्वी राज चौहानलाई स्वयमवरमा निमन्त्रणा दिइएको नभए पनि राजकुमारी र पृथ्वीराज चौहान विच सवा चराको मध्यमबाट हुने गरेको सुचना आदान प्रदान वमोजिम राजकुमारीले राजा पृथ्वीराज चौहानलाई अपमान गर्न राखिएको शालिकमा स्वयमवर माला लगाई दिएकि र राजा पृथ्वी राज चौहानले भेष बदलेर स्वयमवर भएको स्थानमा पसि राजकुमारीलाई घोडामा राखेर लगेकाले त्यो अपमानको वदला लिन कन्नोजका राजा अफगानिस्तानको मुस्लिम मोहम्मद गौरी सङ्ग मिल्न गई पृथ्वी राज चौहान माथि आक्रमण गरी भारतमा मुसलमानको सत्ता कायम हुन गयो । त्यो आक्रमणले गर्दा चौहानका मन्त्रीहरु राजा अशोक चल्लको शासन संचालनमा भर्ती भएको कुरा पाइन्छ ।
सन ११९१ मा थानेश्वर राज्य अन्त्य हुन गयो भने सन ११९२ मा दिल्ली राजा गोविन्द सिंह रायको सत्ता खोसियो ।
सन ११९४ मा कन्नौजका राजा जय चन्दलाई मोहम्मद गौरीले मार्यो । सन १२०५ मा बंगालका राजा लछ्मण सिहको शासन गुम्न गयो । त्यो समयमा राजा अशोक चल्लको सिमाना लद्दाखमा अशोक चल्लका प्रशासक दोर्जे दाङ्गले र कुमाउ गडवालमा जयतु सिहले सन ११६० देखि ११७० सम्म र त्यसपछि जयतु सिहका छोरा प्रताप सिंहले चलाएर सिंजा लाई सहयोग गरेका थिए।
वख्तियातर खिल्जिको आक्रमण
दिल्लीका सेना प्रमुखले नालन्दा विश्वविद्यालय आगजनि गरि नष्ट गरी बोधगयाको विहार नष्ट गर्दै तिव्वत आक्रमण गर्न ब्रह्मपुत्र हुँदै प्रवेस गर्न खोजेको र तिव्वत नपसि फिर्ता भएपछि राजा अशोक चल्लका प्रशासक पुरुषोतम सिह र छिन्द नरेशको पहलमा वोधगयाको बिहार पुन मर्मत गरि गान्धकुटी निर्माण गरेको भनिएको छ ।
गयामा राजा अशोक चल्लको अभिलेखमा सिहालि राज्यको करले बिहारको मर्मत गर्नु भनि निर्देशनात्मक अभिलेख पाइनु र प्रशासक पुरुषोतम सिहको नियुक्त हुनुले सिंजा राज्यको पुर्व सिमाना एकिन गर्न कठिन हुन गएको छ ।
नेपाल विद्रोह
किन हो कुन्नि बेला बखतमा नेपालमा सिजावाट आक्रमण हुन गएको छ । धेरै जस्तो विद्वानको भनाईमा नेपालले समयमै कर नदिई सिजा राज्यबाट स्वतन्त्र हुन चाहेको र सिजा वाट आक्रमण हुन गएको भन्ने रहेको छ । सिजाका खशहरुवाट भएका आक्रमणहरु ।
१ वि स १३४४
२ वि स १३४५
३ वि स १३४६
४ वि स १३६९
५ वि स १३७७
६ वि स १३८५
७ वि स १३९१
यसरी के थाहा हुन्छ भने खशहरुको सिमाना त्रीशुलि सम्म सिमित रहेको थिएन ।
लक्ष्मण पालको विद्रोह र क्राचल्लको शासन
वि स १३२३ मा क्राचल्लको शासन व्यवस्था रहेको समयमा विनासकारी भुईचालो गई नागरिकहरुमा भोकमारी परेको अवस्थामा लक्ष्मण पालले विद्रोह गरी सिजा राज्यबाट अलग हुन गए पनि नियन्त्रण हुन गएको पाइन्छ ।
क्राचल्लका, प्रशासकहरु
१ हरिराज राउत राज
२ अनिलादित्य राउत राज
३ जाहाडदेव मण्डलको
४ चन्द्रदेव
५ विनयदेव
६ वाध्य चन्द मण्डलको
७ जय सिह
८ जोहल्देव
९ वल्लादेव
१० लहत्सादेव
तर यी प्रशासक कुन कुन मण्डलका हुन खुल्न सकेको छैन । यसरी हेर्दा खशहरु आदिकाल देखि मानस खण्डका क्षेत्रमा रहेका र खश शासकहरुले अनेकौ आरोह अवरोह पार गर्दै आफ्नो सिमाना विस्तार गरेका देखिन्छन् । त्यसैले खशहरु मध्ये एसिया र युरोप वाट आएका नभई सुमेरु केन्द्रका हुन मानस खण्डका वासिन्दा हुन ।





